दफा ४४
खारेजी र बचाउ:
(१) देहायका ऐनहरु खारेज गरिएका छन्‌:-
(क) बिक्री कर ऐन २०२३ ।
(ख) होटेल कर ऐन २०१८ ।
(ग) ठेक्का कर ऐन २०२३ ।
(घ) मनोरञ्जन कर ऐन २०१७ ।
(२) उपदफा (१) बमोजिम खारेज भएका ऐनहरु अन्तर्गत भए
गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ।